You are viewing the translated version of विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग.

Section 48
विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसँग सम्बन्धित अधिकार वा वहन गरिएको दायित्वसँग सम्बन्धित भारहरु कुनै सम्पत्ति वा सोको कुनै भागको पट्टाको माध्यमबाट समेत अन्य कुनै व्यक्तिमा सिर्जना भएमा देहाय बमोजिम हुनेछः-

(क) अधिकार वा भारहरु स्थायी भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेको तर कुनै नयाँ सम्पत्ति वा दायित्व प्राप्त नगरेको मानिनेछ, र

(ख) अधिकार वा भारहरु अस्थायी वा साँंयोगिक भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेको मानिने छैन । तर अवस्था अनुसार नयाँ सम्पत्ति प्राप गरेको वा नयाँ दायित्व लिएको मानिनेछ ।